देउवालाई अफ्ठ्यारो भए यस्तो कदम उठाउन सक्छन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई छाडेर नयाँ समीकरण गर्ने पक्षमा छैनन् ।

देउवाले निर्वाचनभन्दा अगाडिको गठबन्धनलाई धोका दिने पक्षमा छैनन् । गठबन्धन दलका दलहरूलाई समेटेर सरकार बनाउने योजनामा छन् ।

तर, देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा केही दवाव परिरहेको छ । देउवाले आफूलाई दवाव महशुस गरिरहेका छन् ।

गठबन्धनका लागि कांग्रेसको उपयुक्त नेता देउवा नै हुन् । देउवाले नै सबैलाई मिलाएर लैजान सक्छन् । कांग्रेस सबैभन्दा ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक छ ।

तर, प्रचण्डले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान लिएका छन् । प्रचण्डलाई कांग्रेसले तत्काल प्रधानमन्त्री दिने सम्भावना निकै कम छ ।

प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए भने मात्रै प्रधानमन्त्री पाउन सक्छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रचण्डलाई गठबन्धन छाडेर आएपछि सत्ता समीकरणको पूर्वसर्त राखेका छन् ।

ओलीको सर्तबाट प्रचण्ड पनि ढुक्क छैन । प्रचण्डले ओलीसँग निकटता बढाएपनि देउवाले पनि ओलीसँग आफू निकटका नेताहरूमार्फत सम्पर्कमा छन् ।

प्रचण्डले धेरै चलाखी गर्ने प्रयास गरे भने माओवादीलाई ठूलो संकट पर्ने सम्भावना छ । प्रचण्डले चाहँदैमा सबै थोक हुँदैन । उनले बुझ्न जरुरी छ ।

ठूलो दल भएका कारण कांग्रेसले सरकार बनाउने पहिलो अवसर पाउनेछ । देउवाले त्यो अवसरलाई सजिलै हातबाट फुत्किन दिनेछैनन् ।

देउवासँग लोकतान्त्रिक शक्तिलाई मात्रै समेटेर सरकार बनाउँछु भन्ने हो भने पनि कम्युनिस्टलाई छाडेर पनि १४८ संख्या पुग्छ ।

यो संख्या सरकार बनाउन निकै सहज तथ्याङ्क हो । यसमा स्वतन्त्रका ५ सिट जोडिएको छैन ।

प्रचण्डले धोका दिएमा देउवाको अर्को रणनीति पनि छ । कम्युनिस्ट बाहेकका दलहरू मिलेर सरकार बनाउने गृहकार्यमा पनि देउवा छन् । देउवालाई लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गरेर सरकार बनाउन सहज पनि छ ।

प्रतिनिधिस भासमा यसपटक १२ दलले प्रतिनिधित्व गर्नेछन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलको टुंगो लागेको छ ।

कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो दल बनेका छन् ।

कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ । कांग्रेसको प्रत्यक्ष र समानुपातिकमा गरेर ८९ सिट जितेको छ ।

एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिटसहित ७८ सिट जितेको छ ।

माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिटसहित ३२ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट ल्याएको छ ।

प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं दल बनेको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ५ सिटसहित १२ सिट जितेको छ । प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ ५ सिटसहित ६ सिट पाएको छ ।

नेकपा (एकीकृत समावादी)ले प्रत्यक्षतर्फ १० सिट जितेको छ । उसले थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ सिट पाएन ।

लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

Published : Friday, 2022 December 16, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया