कांग्रेसबाट संसदीय दलको नेतामा शाहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कर्णाली प्रदेश सभाका नवनिर्वाचित सांसद राजिवबिक्रम शाहले दलको नेतामा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

कांग्रेस नेता शाहले ट्वीट गर्दै कर्णाली प्रदेश संसदीय दलमा कांग्रेसबाट दलको नेतामा उम्मेदवार बन्ने जनाएका हुन् ।

‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो, त्यसो भएर म यस पटक नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रुपमा मैदानमा उत्रने तयारीमा छु’, उनले भनेका छन् ।

जाजरकोट जिल्लाबाट कर्णाली प्रदेशको सांसदमा नेता शाह निर्वाचित भएका छन् ।

संविधान सभाको सदस्य समेत रहेका नेता शाहले कर्णालीमा आफूलाई दलको नेताका रुपमा अगाडि बढाएर मुख्यमन्त्रीका रुपमा दाबी प्रस्तुत गरेका छन् ।

नेता शाह जाजरकोटमा लोकप्रिय मानिन्छन् । गठबन्धन भएका कारण उनी बाध्य भएर प्रदेशमा उम्मेदवार बनेका हुन् । अर्को पटक प्रतिनिधि सभामा उम्मेदवार तयारीमा शाह छन् ।

Published : Thursday, 2022 December 15, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया