कांग्रेस केन्द्रीय सदस्य एवम् समानुपातिक सांसद जावेदा बहु–विवाह काण्डमा परिन्, आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद बनेकी जावेदा खातुन् जागा बहु–विवाह काण्डमा परेकी छिन् ।

जावेदालाई कांग्रेसले समानुपातिक सांसद बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगका प्रवक्ता गुरु वाग्लेले जावेदाविरुद्ध उजुरी आएको बताए । उनले भने, ‘उजुरी आएको छ । फोनमा पनि मलाई भनेका छन् ।’

कुनै पनि सांसदले बहु–विवाह गरेको प्रमाणित भएमा सांसद पद जाने कानूनी व्यवस्था छ ।

बहु–विवाह गरेकालाई सांसद नबनाउन माग गरेर यसअघि सर्वोच्च अदालतमा रिट निवेदन परिसकेको छ ।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी जावेदा बर्दिया जिल्लाको बासगढी नगरपालिकाको वडा नं. ८ मा बस्दै आएकी छिन् ।

जावेदाले अपर्न जागासँग बहु–विवाह गरेको आरोप छ । अपर्नकी पहिलो (जेठी)बाट दुई बच्चा रहेको स्रोतले जनाएको छ ।

जावेदा आफ्ना पतिको आफू नै एक मात्र पत्नी भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘धेरै अगाडि विवाह गरेर आएको हुँ । बहु–विवाह गरेको छैन ।’

कांग्रेसले जावेदालाई मुस्लिम महिलाको आरक्षणमा समानुपातिक सांसद बनाएको छ ।

Published : Wednesday, 2022 December 14, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया