ओलीलाई भेट्न माओवादीका नेता राति बालकोट पुगे, यस्तो छ प्रचण्डको प्रस्ताव
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना ‘दूत’लाई पठाएर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग वार्ता गरेका छन् ।
मंगलबार राति माओवादीका महासचिव देवप्रसाद गुरुङले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा पुगेर भेट गरेका हुन् । गुरुङले ओलीलाई प्रचण्डले पठाएको सन्देश सुनाएको स्रोतले जनाएको छ ।
ओलीसँग प्रचण्डले एमाले र माओवादी वाम गठबन्धनको सरकार बनाउनेबारेमा कुराकानी भएको बुझिएको छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरू पनि ठूलो पार्टी कांग्रेसलाई बाहिर राखेर कम्युनिस्टहरू सरकार बनाउनुपर्ने भनेर छलफलहरू गरिरहेका बेला महासचिव गुरुङले ओलीलाई भेटेपछि हँगामा भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी नतिजाको अन्तिम प्रतिवेदन बुझाउने तयारी भइरहेका बेला दुई ठूला कम्युनिस्ट पार्टीका नेताहरूबीचको संवाद पनि बाक्लो हुन थालेको छ ।
एमाले र माओवादीसहित वामपन्थी शक्तिहरू मिलेर सरकार बनाउने विषयमा नै उनीहरूबीच छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीसँगको भेटघाटबारे माओवादी केन्दका महासचिव गुरुङले विस्तृतमा बताउन चाहेनन् ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महेश बस्नेतसहितका नेताहरू एमाले र माओवादी मिलेर सरकार बनाउनुपर्ने प्रयासमा छन् ।
उनीहरू निरन्तर माओवादीका नेताहरूसँग संवादमा छन् । माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा पनि एमालेसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा छन् । उप–महासचिव शर्मा र एमालेका उपाध्यक्ष पौडेलले बाक्लै भेटघाट गर्ने गरेका छन् ।
वामपन्थीहरूको सरकार बनाउन दोस्रो तहका नेताहरू एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटघाट गराउने प्रयासमा रहेका छन् ।
ओलीले माधव नेपाललाई साथमा हिँडाउन चाहेका छैनन् । प्रचण्डले माधवलाई छाड्न चाहेका छैनन् । सोही कारण समस्या भएको छ । तर, माधवलाई पनि साथमा लिएर ओली र प्रचण्डले योजना बनाइरहेको बुझिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया