भाउजुको हत्या गर्ने देवर पुकार पक्राउ
काठमाडौं । सर्लाही जिल्लामा जग्गाको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पुकार राय, उनको छोरा ४० वर्षीय जितेन्द्र राय ‘जितु’ र बुहारी ३० वर्षीया अनितादेवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको आरोप छ ।
हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया