बैंकहरूमा पैसा अभाव भइरहेका बेला सशस्त्रवारा ठूलो परिणाममा रुपियाँ बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले धनुषामा मोटरसाईकलको २४ लाख १७ हजार रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार मोटरसाईकलको ट्याङ्कीभित्र लुकाईछिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपियाँसहित सशस्त्र प्रहरीले २७ वर्षीय उमेश कुमारलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका उमेश भारत निवासी हुन् । बैंकहरूले बचतकर्तालाई ठूलो रकम र ऋण दिन नसकीरहेका बेला सशस्त्र प्रहरीले ठूलो परिणाममा पैसा बरामद गरेको छ ।

उमेशलाई धनुषा जिल्लाको बिदेह नगरपालिका– ९ ईटहर्वास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा रुपियाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उमेशलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपियाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

Published : Tuesday, 2022 December 13, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया