सेनाका पूर्व रथीद्वारा काठमाडौंमा आत्महत्या
काठमाडौं । नेपाली सेनाका पूर्व रथी (अ.प्रा.) वलदेवराज महतले आत्महत्या गरेका छन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ९ सिरडी टोलमा स्थायी निवासमा महतले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मंसिर २४ गते बिहान ६ बजेको आसपासमा आफ्नै निवासको बेड रुममा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रथी महत निकट मित्रहरूका अनुसार उनी २०७९ मंसिर २३ गते शुक्रबार घरपरिवार र साथी भाइसंगै सामान्य अवस्थामै चावहिलस्थित स्मार्ट क्याफे एण्ड वैंक्वेटमा आयोजित शुभ कार्यको रात्रिभोजमा सरिक भएका थिए ।
मंसिर २३ गते रातिको विश्वकप फुटबल म्याच समेत हेरेका र सामान्य अवस्थामा रहेका जर्नेल महत एक्कासि आत्महत्या गरेको जनाइएको छ ।
महतले किन आत्महत्या गरेका हुन् कारण खुलेको छैन ।
४÷५ जना साथीहरूसँग नियमित रुपमा मर्निङवाकमा जाने गरेका जर्नेल महत आत्महत्या गर्ने बिहान पनि नाइट ड्रेस चेन्ज गरेर मर्निङवाकको ड्रेसमा रहेको बताइएको छ ।
बिहान अवेरसम्म बेड रुमको ढोका नखुलेपछि चिया लिएर गएका परिवारका सदस्यले ढोका ढक्ढक्याएका थिए ।
लामो समयसम्म कोठा भित्रबाट कुनै जवाफ नआएपछि ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
मंसिर २४ गते शनिवार नै शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि सोही दिन राति आर्यघाटमा पूर्व जर्नेल महतको दाहसंस्कार गरिएको थियो ।
उनीसँग नियमित भेटघाट र मर्निङवाकमा साथै रहने साथीहरूका अनुसार देखिने गरि कुनै पनि समस्यामा नरहेका महतको १/२ दिनदेखि भने मूड अफ थियो ।
नेपाली सेनाका रथी वृन्दहरू जोकोहीको प्राकृतिक निधनमा सेनाबाट अन्तिम सलामी पाउने गर्दछन् ।
रथी दर्जाको निधनमा त सेनाको ३१ जनाको एक प्लाटुन र पीएसओज् एकजना जर्नेलको उपस्थितिमा सेनाले अन्तिम सलामी दिने र सेनाले नै अन्तिम संस्कारमा लाग्ने खर्च र पण्डित समेत उपलब्ध गराउने प्रचलन रहेको छ ।
दुर्भाग्य आत्महत्या गर्ने रथी वृन्दलाई भने यस्तो सुविधा उपलब्ध नरहेको बताइन्छ ।
६२ वर्षीय दिवंगत रथी महतकी श्रीमती, एक छोरा (बुद्ध एयरका पाइलट) र दुई छोरी रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया