सीआईबीद्वारा काठमाडौंमा दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको पेप्सीकोलाबाट बैंकिङ कसूर मुद्दाका फरार २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ बस्ने ३४ वर्षीय किशन कार्की र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने ४८ वर्षीय दीपककुमार काफ्ले रहेका छन् ।
उच्च अदालत पाटनको २०७९ मंसिर ६ गतेको फैसलाले किसन कार्कीलाई ५ दिन कैद एवम् १५ लाख रूपियाँ जरिवाना सजाय र २०७८ जेठ ३१ गतेको फैसलाले दीपककुमार काफ्लेलाई सात दिन कैद एवम् ८ लाख ९० हजार रुपियाँ जरिवाना ठहर भएको थियो ।
फैसलापछि उनीहरू फरार रहेका थिए । उनीहरूलाई ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया