बागलुङमा जन्मदिन मनाउन बोलाएर ३ नाबालिकासँग काण्ड मच्चाउने ३ व्यक्ति पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगेर उमेर नपुगेका ३ जना नाबालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको बागलुङ प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका– ९ घर भई पोखरा– ८ सृजना चोक बस्ने २५ वर्षीय अशोक दर्लामी मगर, धादिङको स्थायी घर भइ पोखरा महानगरपालिका– ८ बस्ने १९ वर्षीय सन्दीप तामाङ र गुल्मीको अर्मेनी स्थायी घर भई पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा रहेका छन् ।

उमेर नपुगेका नबालिका किशोरीहरूको नाम भने प्रहरीले सुरक्षाका कारण खुलाएको छैन ।

ह्वाट्स एपमा कुरा गर्दै एसपी ज्ञवालीले भने, ‘मंसिर २५ गते पक्राउ गरी तीन जनाविरूद्द जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी मंसिर २६ गते बागलुङ जिल्ला अदालत ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइहेको छ ।’

Published : Monday, 2022 December 12, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया