दृष्टि नभएकालाई वितरण गर्न भारतद्वारा सेतो छडी प्रदान

काठमाडौं । अपाङ्गता संरक्षण नेपालले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रम मनाएको छ ।

वीपी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार कार्यक्रममा सहभागी थिए ।

फाउन्डेसनका सचिवले दृष्टिविहीनहरूको सहयोगार्थ नेपालभरि वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरेका छन् ।

वीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो ।

फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्री समेत उपलब्ध गराएको थियो ।

भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा वीपी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।

दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।

Published : Sunday, 2022 December 11, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया