मुस्लिमलाई समानुपातिक सिटमा अन्याय भएपछि आयोग बोल्यो

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समानुपातिकतर्फ मुस्लिम समुदायलाई अन्याय भएको बताएका छन् ।

आइतबार अध्यक्ष अन्सारीले सामाजिक सञ्जालमार्फत संख्याको आधारमा सिट बाँडफाँट गरिनुपर्ने माग राखेका हुन् ।

नेपाली कांग्रेस र एमालेले मुस्लिम समुदायलाई प्रतिनिधि सभाको समानुपातिकमा १/१ सिट मात्रै दिएका छन् ।

‘समानुपातिकमा ठूला दलबाट अन्याय भएको छ’, अध्यक्ष अन्सारीले भनेका छन् ।

उनले भनेका छन्, ‘समानुपातिक समावेशी नारामा मात्र सीमित समानुपातिकमा राम्रो मत पाएको नेपाली कांग्रेस र नेकपा (एमाले)ले मुस्लिम समुदायलाई १/१ सिट मात्र दिनु र राप्रपाले १ सिट पनि नदिनु अन्याय हो ।’

अध्यक्ष अन्सारीले भनेका छन्, ‘निर्वाचन आयोगलाई समेत धयानाकर्षण गराउन चाहन छु । संख्याको आधारमा सिटबाडफाड होस् ।’

Published : Sunday, 2022 December 11, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया