काठमाडौंमा बसको ठक्करबाट सुवासचन्द्रको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो ।

बयोधा अस्पतालमा उपचारको क्रममा रतेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।

रतेलाले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।

बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

Published : Sunday, 2022 December 11, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया