तुलसीपुरका महिलाहरूको चकित पार्ने चर्तिकला, घोराहीको रिसोर्टबाट गिरोह पक्राउ
काठमाडौं । दाङ प्रहरीले विगतमा रहको व्यक्तिगत रिलेशनको दुरुपयोग गरेर ठूलो रकम बार्गेनिङ गर्ने महिलासहितको समूहलाई पक्राउ गरेको छ ।
प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) हनीट्याप गर्ने २ महिला र १ पुरुषलाई मंसिर १६ गते साँझ ५ बजे घोराहीको सर्रास्थित कोबिला रिसोर्टबाट तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका ६ दशरथ टोली बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर १७ ग्वारखोला बस्ने ३८ वर्षीया कुषाकुमारी बस्नेत र घोराही उप–महानगरपालिका १० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर दशरथ टोल बस्दै आएकी अनुष्का सिंहले कमलकुमार सिंह (नाम परिवर्तन)लाई विगतको व्यक्तिगत रिलेशनको दुरुपयोग गरेर बार्नेनिङ गरेर आर्थिक लाभ लिँदै आएकी थिइन् ।
अनुष्काले पटक पटक कमलकुमारलाई डर धम्की दिएर समस्या बनाएपछि कमलकुमारले प्रहरीमा जोहरी दिएका थिए ।
त्यसपछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेर अनुष्का सिंहको गिरोहलाई रंगेहात पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा रहेको व्यक्तिगत रिलेशनको दुरुपयोग गरी दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंहले आफन्त साथीहरूको सहयोगबाट बार्गेनिङ गरी विगत केही समयदेखि आर्थिक लाभ लिँदै आएकोमा पीडितको जाहेरवालाले पटक पटक डर धाक धम्की सहन नसकी प्रहरीमा जानकारी गराएपछि मंसिर १६ गते साँझ ५ बजे घोराहीको सर्रामा रहेको कोबिला रिसोर्टबाट अनुष्का सिंहसहित कृष्णकुमारी बस्नेत र रुद्रबहादुर केसीलाई ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको अवस्थामा पक्राउ गरेर आपराधिक लाभ कसूरअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान कार्य जारी रहेको छ ।’
यसअघि, पनि तुलसीपुरका केही महिला र युवतीहरूले पुरुषलाई विभिन्न प्रलोभन र शारीरिक सम्बन्ध राखेर धम्काएर असुली धन्दा चलाएको घटना सार्वजनिक भइसकेका छन् । तुलसीपुरमा महिलाहरूको गिरोहबाट पुरुषहरू निकै पीडित छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया