आफू पनि हार्ने, एमालेको बीउ बचाउन नसक्ने महासचिवज्यू नैतिकता छभने राजीनामा दिनुस्
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधि सभामा पराजित भएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पोखरेलको गृहजिल्ला दाङमा एमालेको बीउ नै नास भएको छ । तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा एमालेले एउटा पनि सिट जित्न सकेन ।
महासचिव पोखरेलको गलत नीति र व्यक्तिवादी चरित्रका कारण एमालेले दाङमा धुलोचाट्न बाध्य भएको छ ।
२०७४ को चुनावमा माओवादी केन्द्रको बुइ चेढेर एमालेले दाङको क्षेत्र नं. १ र ३ मा जितेको थियो । प्रदेश सभा ४ वटा जितेको थियो ।
यस पटकको चुनावमा एमालेको पत्तासाफ भएको छ । एमालेको पत्तासाफ भए पनि महासचिव पोखरेलले आफ्नी बहिनी मेनकाकुमार पोखरेललाई समानुपातिकबाट प्रतिनिधि सभाको सांसद बनाएका छन् ।
आफै पनि पराजित भएका र आफ्नै गृहजिल्ला दाङमा एमालेको बीउ बचाउन नसकेका पोखरेलले महासचिव पदबाट राजीनामा दिने कि नदिने ? प्रश्न उठेको छ । एमालेभित्र पोखरेलको राजीनामाको जबरस्त आवाज उठ्न थालेको छ ।
नेतृत्व सम्हाल्न नसक्ने पोखरेललाई महासचिव पद घाँडो भएको छ । पोखरेल बौद्धिक नेता हुन् । तर, उनले पार्टीमा गतिलो संगठन गर्न सक्दैनन् भन्ने कुरा यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको परिणामले देखाएको छ ।
विगतका एमालेका महासचिवहरू पराजित भएका थिएनन् । जस्तो परिस्थिति हुँदा पनि जितेका थिए । त्यसको जल्दोबल्दो उदाहरण विष्णु पौडेल छन् ।
महासचिव पोखरेलले पदबाट राजीनामा दिएर सक्षम नेतालाई संगठन गर्ने बाटो छाडिदिनुपर्ने माग उठेको छ ।
शनिबार ललितपुरमा बसेको एमालेको सचिवालयको बैठकमा महासचिव पोखरेलको भूमिका र गतिविधिलाई लिएर नेताहरूले आलोचना गरेका छन् । एमालेका एकजना पदाधिकारीका अनुसार आफू पनि जित्न नसक्ने र आफ्नै गृहजिल्लामा एउटा सिट पनि जिताउन नसकेको भनेर पदाधिकारीहरूले पोखरेलको आलोचना गरेका थिए ।
पोखरेललाई महासचिव पदबाट राजीनामा दिएर बाटो छाड्न सुझाव आएको ती नेताको भनाइ छ ।
पोखरेलले दाङमा आफ्नो शक्तिको दुरुपयोग गरेर पूर्वमण्डलेहरूलाई टिकट दिएको आरोप छ । बद्नाम ठेकेदारहरूलाई पोखरेलले बोकेका थिए ।
पार्टीभित्रका सक्षम नेताहरू हुँदाहुँदै गलत व्यक्तिलाई टिकट दिनु पोखरेलको ठूलो गल्ती रहेको दाङका एमाले नेताहरूले बताउने गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरूको गठबन्धनको दब्दबा रहेका बेला महासचिव पोखरेलले शान्ता चौधरीलाई क्षेत्र नं. १ को टिकट दिएर शहीद बनाएका छन् । शान्तालाई दाङ २ बाट टिकट दिनुपर्ने थियो । शान्तालाई २ बाट टिकट दिएको भए उनले जित्ने सम्भावना निकै थियो ।
दाङ १ बाट गंगा चौधरीलाई टिकट दिनुपर्ने थियो । व्यक्तिगत ईगोका कारण महासचिव पोखरेलले गंगालाई टिकट दिएनन् ।
दाङ क्षेत्र नं. ३ बाट पोखरेलले उम्मेदवारी दिनुपर्ने थियो । पोखरेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग पराजित हुने डरले क्षेत्र नं. २ मा उम्मेदवार बनेका थिए । तैपनि पोखरेल पराजित भएका छन् ।
पोखरेललाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरेर सबक सिकाएकी छिन् । माओवादी नेतृ शर्मालाई हराउँछु भनेर पोखरेलले चुनावी प्रचारका क्रममा अहँकारपूर्ण अभिव्यक्ति दिने गरेका थिए । दाङ २ का मतदाताले पोखरेललाई हराएर राम्रो पाठ सिकाएका छन् ।
पोखरेलले आफ्नै बलबुताले दाङबाट जितेको अहिलेसम्म तथ्याङ्क छैन । यस पटक पराजित भएपछि पोखरेलको झन् खाराब अवस्था भएको छ । दाङका मतदातालाई पोखरेलको हैसियत राम्रोसँग जानकारी राखेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया