समानुपातिक सांसद बने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद बनेका छन् ।
शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले डा.महतसहित ३ पुरुष र २९ महिलासहित ३२ जनाको नाम समानुपातिकमा टुंगो लगाएको हो ।
कांग्रेसले प्रतिनिधि सभातर्फ टुंगो लगाएको समानुपातिक सांसदहरूको नाम निर्वाचन आयोगमा पठाएको छ । उनी खसआर्यबात सांसद बनेका हुन् ।
कांग्रेसका प्रवक्ता डा.महत पूर्वमन्त्री समेत हुन् । कांग्रेसको संगठन निर्माण निकै सक्रिय रहँदै आएका डा.महत केही नेताहरूले जस्तो मिडियाबाजी गरेर आफ्नो प्रचार गर्न रुचाउँदैनन् ।
कांग्रेसका लागि जस्तोसुकै कदम उठाउन सक्ने नेता डा.महतले सभापति शेरबहादुर देउवालाई सफल बनाउने कार्यहरूमा निकै ठूलो भूमिका खेल्दै आएका छन् ।
प्रवक्ता डा.महत कम्युनिस्टहरूप्रति निकै अनुदारवादी मानिन्छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा डा.महत केन्द्रीय प्रचार प्रसार समितिको संयोजक समेत थिए । यस पटक कांग्रेसको पक्षमा प्रचार प्रसारमा डा.महतकै योजनामा जबरजस्त प्रचार भएको थियो ।
डा.महतले पार्टीका नेता कार्यकर्ताका बारेमा कहिल्यै पनि विरोध गरेर बोल्दैनन् । उनले तर्कसँगत कुरा राख्ने गर्छन् । डा.महतले कांग्रेसमा गरेको योगदानको कदर गर्नुको साटो केही विरोधीहरूले अनर्गल प्रचारवाजी गरेर कांग्रेसलाई नै कमजोर बनाउने प्रयासहरू गर्दै आएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया