प्रतिनिधि सभाको सांसद बने प्रभु ग्रुपका अध्यक्ष भट्टचन

काठमाडौं । एमालेले उद्योगी व्यवसायी समेत रहेका देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको छ ।

शनिबार ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले भट्टचनलाई सांसद बनाउने निर्णय गरेको हो । भट्टचन आदिवासी जनजातीबाट पहिलो नम्बरमा समानुपातिकमा परेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन यसअघि नेपाली कांग्रेसमा थिए । निर्वाचनभन्दा अगाडि एमालेमा प्रवेश गरेका भट्टचनलाई एमालेले समानुपातिक सांसद बनाएको छ ।

बाग्लुङ जिल्ला स्थायी घर भएका भट्टचन लोकप्रिय मानिन्छन् । सबैसँग मिलनसार व्यवहार गर्ने क्षमता राख्ने भट्टचनले प्रतिनिधि सभामा उद्योगी, व्यवसायीका समस्यालाई जबरजस्त रुपमा उठाउने अपेक्षा व्यवसायीहरूको छ ।

Published : Saturday, 2022 December 10, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया