एमालेद्वारा ३४ समानुपातिक टुंगो लगायो, सूचीमा को–को परे ?
काठमाडौं । एमालेले प्रतिनिधि सभामाका लागि समानुपातिकमा ३४ जना सांसदहरूको नाम टुंगो लगाएको छ ।
शनिबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको बैठकले २२ महिला र १२ पुरुषसहित ३४ सांसदको नाम टुंग्याएको छ ।
एमालेले आदिवासी जनजातीको पुरुषतर्फ देवीप्रसाद भट्ट चन्द, हेमराज राई, कालुराम राई, आदिवासी जनजाती महिलातर्फ नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बाको नाम टुंगो लगाएको छ ।
खस आर्यतर्फ एमालेले पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही तथा खसआर्य महिलातर्फ महिला मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बरालको नाम टुंगो लगाएको छ ।
थारु महिलातर्फ एमालेले आश्माकुमारी चैधरी, शान्ति चौधरी, दलितको पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा तथा दलित महिलातर्फ रुकमणी राणा बराइली, हर्कमाया विश्वकर्माको नाम टुंगो लागेको छ ।
एमालेले मधेशी पुरुषतर्फ गंगाप्रसाद यादव, अमृतराज लालवंशी तथा मधेशी महिलातर्फ विनादेवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारखीको नाम टुंगो लागेको एमालेले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया