रवि लामिछानेको पार्टीबाट को–को बने समानुपातिक सांसद ?

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ ।

काठमाडौंमा शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाती समुदायबाट ढाकाकुमार श्रेष्ठ, ईन्दिरा मगर र सुमना श्रेष्ठको नाम सिफारिस भएको छ ।

खसआर्यबाट चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायतको नाम सिफारिस भएको छ । मधेशी समुदायबाट लक्ष्मी तिवारी र मनीष झाको नाम सिफारिस भएको छ ।

थारु समुदायबाट अशोककुमार चौधरीको नाम सिफारिस भएको छ । मुस्लिम समुदायबाट अशिम साहको नाम सिफारिस भएको छ ।

Published : Saturday, 2022 December 10, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया