तीन प्रदेशमा कांग्रेसका यी हुन् समानुपातिक सांसद
काठमाडौं । नेपाली कांग्रेसले तीन वटा प्रदेशका समानुपातिकको नाम टुंगो लगाएको छ ।
शुक्रबार कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको हो ।
सुदूरपश्चिममा कांग्रेसले दलिततर्फ ललिता सुनार, खसआर्यतर्फ मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा, तुल्सी देवकोटा, थारुतर्फ गीताकुमारी चौधरीको नाम टुंगो लगाएको छ ।
कर्णालीमा कांग्रेसले दलित लक्ष्मी सुनार, जनजातीमा बलिमाय बुढा, खसआर्यमा जानकी सिंह, विजया बुढा, ईन्द्रकुमारी शाहीको नाम टुंगो लगाएको छ ।
गण्डकीमा कांग्रेसले दलितमा दिलमाया पौ.बि., टीकाकुमारी बस्याल, जनजातीमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ, पार्वती तामाङ, खसाआर्य सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का, कल्पना तिवारीको नाम टुंगो लगाएको बुझिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया