यी हुन् कांग्रेसका ३२ समानुपातिक सांसदहरू, डा.महत पनि सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ तीन पुरुष र २९ महिलासहित ३२ जनाको नाम टुंगो लगाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो ।

कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेको छ । समानुपातिकतर्फ ३२ सिट पाएको छ ।

कांग्रेसले आदिवासी जनजातीतर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचनको नाम टुंगो लगाएको छ ।

खस आर्यतर्फ कांग्रेसले अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्कीको नाम टुंगो लगाएको बुझिएको छ ।

मधेशीतर्फ कांग्रेसले नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी कर्णको नाम टुंगो लगाएको छ ।

कांग्रेसले दलिततर्फ शान्ति बिक, रुपा बिक, सीता मिजार, आशा बिकको नाम टुंगो लगाएको छ ।

थारुतर्फ कल्पना चौधरी, विनाकुमारी थनेत, मुस्लिम तर्फबाट जावेदा खातुन् जागा तथा पुरुषतर्फ डा.प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियारको नाम सिफारिस भएको छ ।

खसआर्यतर्फ डा.महत, मधेशीतर्फ निधि र दलिततर्फ परियारको नाम टुंगो लगाएको बुझिएको छ ।

Published : Saturday, 2022 December 10, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया