कांग्रेसले यसरी मिलायो समानुपातिकको कुरा
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।
शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले देउवालाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने अधिकारी दिएको हो ।
देउवाले पदाधिकारी र आवश्यकताअनुसार कार्यसम्पादन समितिका सदस्यसँग परामर्श गरेर समानुपातिकमा सिफारिस गर्नेछन् ।
प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदको टुंगो लगाउने जिम्मेवारी दिएको बताए ।
‘सभापतिले अब सबैको सुझावलाई लिएर निर्णय गर्नुहुन्छ’, डा.महतले भने, ‘सुझावको आधारमा टुंगो लगाएर आजै जान्छ ।’
कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभाको गरेर केही सीट टुंगोउन बाँकी छ ।
कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । २९ जना महिला र ३ पुरुष सिफारिस हुनेछन् ।
३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।
पुरुषबाट समानुपातिकमा डा.प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार, योगेन्द्र चौधरी र फर्मुल्लाह मन्सुर प्रतिस्पर्धामा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया