कांग्रेसले जीवनलाई सांसद नबनाउँदैमा आकाश खस्दैन, दलित महिलाहरू सक्षम छन्
काठमाडौं । नेपाली कांग्रेसको सानो झुण्डले समानुपातिकमा सह–महामन्त्री जीवन परियारलाई सिफारिस गरेर ल्याउनुपर्ने माग गरेको छ ।
जीवनलाई दलितको कोटामा कांग्रेसले समानुपातिक सूची पहिलो नम्बरमा राखेको छ ।
जीवनले समानुपातिक सांसद नपाए पनि आशा नै खस्दैन । जीवन परियारभन्दा सक्षम दलित महिलाहरू पनि छन् ।
जीवनले अवसर नपाएका होइनन् । पटक पटक अवसर पाएका छन् । आफ्नो सह–महामन्त्री पदलाई दुरुपयोग गरेर जीवन जीवनले आफ्नी पत्नीलाई प्रमुख जिल्ला अधिकारी बनाएका छन् । उप–सचिव रहेकी पत्नीलाई आकर्षक स्थान सरुवा गराएकै छन् ।
जीवन परियार समानुपातिकमा सांसद बनिसकेका छन् । सांसद बनेका बेला सिन्को पनि भाँच्न सकेनन् । आफ्नो गृहजिल्ला कास्कीमा जीवन परियारले विकासको नाममा केही पनि काम नगरेको आरोप छ ।
अहिले समानुपातिकमा दलितबाट पुरुष अर्थात आफू सांसद हुनुपर्छ भनेर लबिङमा लागेका छन् ।
२०७४ को चुनावमा प्रदेश सभामा कांग्रेसले टिकट दिएर कास्कीबाट प्रत्यक्षमा उम्मेदवार बनाएको थियो ।
त्यस बेला जीवन नराम्रोसँग पराजित भएका थिए । पराजित भएपछि आफ्नो क्षेत्रमा फर्केर पनि गएनन् ।
अहिलेको चुनावमा जीवनले टिकट लिएर चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत गरेनन् । कांग्रेसले उनलाई प्रत्यक्षमा उम्मेदवार बन्न टिकट दिन खोजेको थियो ।
हार्ने डरले जीवनले टिकट लिएनन् । बरु दलित कोटाको १ नं. मा आफ्नो नाम राखे ।
अहिले कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकमा ३२ सिट पाएको छ । पुरुषको भागमा जम्मा ३ सिट परेको छ । २९ जना महिलालाई ल्याउनै पर्छ ।
यस पटक धेरै दलित महिलाहरूले अवसर पाउनुपर्छ । जीवन परियार जस्ता सधैँ चाकडीको भरमा अवसर पाइरहनेलाई भन्दा अवसर नै नपाएका दलित महिलालाई अवसर दिनुपर्छ भन्ने माग कांग्रेसभित्र छ ।
कांग्रेसको सक्रिय राजनीतिमा आउनुभन्दा अगाडिदेखि नै जीवनले वरिष्ठ नेता रामचन्द्र पौडेलको संरक्षणमा धेरै नियुक्तिहरू पाइसकेका छन् । अहिले रामचन्द्रलाई छाडेर जीवन शेखर कोइराला र गगन थापाको पिछलग्गु बनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया