काठमाडौंको टोखाबाट उदयपुरका मदन पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा ५० वर्षीय मदनबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
बुधबार टोखा नगरपालिका–८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित श्रेष्ठलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका श्रेष्ठ उदयपुरको ताप्ली गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।
श्रेष्ठलाई प्रहरीले आखेटोपहारसहित फेला पारी पक्राउ गरेको थियो ।
उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।
Published : Friday, 2022 December 9, 7:11 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया