शंकर पोखरेलका मान्छे एमाले नेता खत्रीद्वारा ‘सुण्डमुण्ड’मार्फत हमला
घोराही । एमालेका नेता भेषराज खत्रीको ‘ग्याङ’ले दाङमा सामुदायिक रेडियोमाथि हमला गरेको छ ।
एमालेका प्रदेश कमिटी सदस्य खत्रीको नेतृत्वमा आएका सुण्डमुण्डहरूको ग्याङले बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको ‘रेडियो बंगलाचुली’को कार्यालयमा तोडफोड गरेको हो ।
खत्री एमालेका महासचिव शंकर पोखरेल निकटका हुन् । महासचिव पोखरेलको नाम लिएर खत्रीले बेलाबेला बंगलाचुलीमा उत्पात मच्चाउँदै आएका छन् ।
एमाले नेता खत्रीले रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि दुर्व्यवहारसमेत गरेका छन् ।
खत्रीसहितका व्यक्तिले रेडियो स्टेसनमा पुगेर सञ्चारकर्मीमाथि दुर्व्यवहार गरी तोडफोड र कार्यालयका कागजात नष्ट गरेको नेपाल पत्रकर महासंघ दाङले विज्ञप्तिमार्फत जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शीतलले विज्ञप्ति जारी गरी दोषीलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् ।
रेडियोका स्टेसन म्यानेजर जीवन नेपालीले सञ्चारकर्मी र सञ्चारगृहमाथि असुरक्षाको अवस्था उत्पन्न भएको बताएका छन् ।
एमाले नेता खत्रीको ग्याङको आक्रमणको भर्त्सना गर्दै नेपाल प्रेस युनियन, प्रेस सेन्टरलगायत पत्रकारसँग सम्बन्धित संगठनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
समाचार तथा कार्यक्रममा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, त्यसमा पनि चित्त नबुझे न्यायालय जाने बाटो हुँदाहुँदै सञ्चारमाध्यममाथि नै हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको जनाइएको छ ।
आफूविरुद्ध समाचार आएपछि एमालेका नेता खत्रीले आफ्ना सुण्डमुण्डलाई लिएर गएर एफएममाथि हमला गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया