पूर्व प्रहरी कर्मचारीका सन्ततीलाई स्कूल र प्रहरी भर्नामा प्राथमिकता : आईजीपी सिंह

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने बताएका छन् ।

पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार बाँकेमा आयोजित कार्यक्रममा आईजीपी सिंहले पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आईजीपी सिंहसँग आ–आफ्ना जिज्ञासा राखेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष एवम् पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Published : Sunday, 2022 December 4, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया