माओवादीले कांग्रेसभित्र हलचल ल्याइदियो, एमाले सर्तक, भित्रभित्रै वार्ता
काठमाडौं । माओवादी केन्द्रले नयाँ सरकार गठनमा एमालेसँग पनि वार्ता गर्ने बाटो खोलेको छ ।
शनिबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको हो ।
माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताएका छन् । माओवादीले कांग्रेसलाई दवावमा राख्न पनि यो निर्णय गरेको हुन सक्ने चर्चा छ ।
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिएका छन् । उनले भने, ‘अन्य विकल्पमा पनि खुला रहेका छौं ।’
माओवादीले अपेक्षा गरेअनुरुप प्रतिनिधि सभामा सिट संख्या आउन नसकेको उल्लेख गरेको छ ।
महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने बताएका छन् ।
गुरुङले वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताएका छन् ।
चुनावको प्रारम्भीक समीक्षा मात्रै भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको गुरुङले बताएका छन् ।
महासचिव गुरुङले राजनीतिक कोर्ष जता पनि जान सक्ने चेतावनी दिएका छन् ।
उनले गठबन्धन अहिले यथावत नै रहेको बताएका छन् । भावी यात्राबारे अहिले कुरा नभएको उनले बताएका छन् ।
माओवादीको पदाधिकारी बैठकमा भएको प्रारम्भीक छलफलबाट सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई तनाब बढाइदिएको छ ।
ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्री पद मागेको छ । कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु स्वभाविक पनि रहेको छ ।
उता, एमालेले गठबन्धनलाई तोडेर सरकार बनाउन प्रयास गरिरहेको छ । एमालेका दोस्रो तहका नेताहरू माओवादी र एमाले मिलेर वामपन्थी सरकार बनाउने प्रयासमा छन् ।
एमालेका नेता विष्णु पौडेल, योगेश भट्टराई, विष्णु रिमालसहितका नेताहरू माओवादीका नेताहरूसँग सम्पर्कमा छन् ।
माओवादीका नेता जनार्दन शर्मासहितका नेताहरू एमालेका नेताहरूसँग सम्पर्कमा रहेको चर्चा छ ।
अर्थमन्त्री समेत रहेका माओवादी नेता शर्मा र एमाले समर्थक गर्भनर महाप्रसाद अधिकारीबीच पछिल्लो समय सम्बन्ध सुधारमा देखिएको प्रगतिले एमाले र माओवादी नजिक भएको हुन सक्ने चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया