खनालद्वारा सभापति देउवा र उप-सभापति खड्कासँग भेट, लुम्बिनीका बारेमा ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका उप–सभापति राजु खनालले पार्टी सभापति र उप–सभापतिलाई अलग– अलग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान उप–सभापति खनालले प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासँग लुम्बिनी प्रदेशको चुनावका विषयमा ब्रिफिङ गरेका हुन् ।

सभापति देउवाले खनाललाई प्रदेश सभामा निर्वाचित भएकोमा शुभकामना र बधाइ दिएका छन् । देउवाले जिम्मेवारी अनुसारको काम गरेर जनताको सेवा गर्न पनि उप–सभापति खनाललाई निर्देशन दिएका छन् ।

दाङ क्षेत्र नं. २ को प्रदेश सभातर्फ १ बाट निर्वाचित खनालसँग सभापति देउवाले चुनाव र परिणामहरूका बारेमा जानकारी लिएको खनालले बताए ।

उनले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले लुम्बिनी प्रदेशमा समग्रमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कस्तो रह्यो भनेर जिज्ञासा राख्नुभयो । दाङका विषयमा जिज्ञासा राख्नुभयो । मैले बुझेको कुरा भनेको छु ।’

यसैबीच, खनालले उप–सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका छन् ।

काठमाडौंको गल्फुटारस्थित खड्काको निवासमा भएको भेटवार्तामा खनालले लुम्बिनी प्रदेशको चुनावका बारेमा जानकारी गराएका छन् ।

उप–सभापति खड्काले खनाललाई प्रदेश सभामा निर्वाचित भएकोमा र दाङमा गठबन्धनलाई जिताउन आफ्नो तर्फबाट भूमिका खेलेकोमा धन्यावाद दिएका छन् ।

यसअघि, उप–सभापति खनालले गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणसँग भेटेर चुनावका बारेमा जानकारी गराइसकेका छन् ।

Published : Saturday, 2022 December 3, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया