सांसद जितेर काठमाडौं आउनेवित्तिकै रामहरिले आश्रम पुगेर किशुनजीलाई सम्झिए
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सांसद रामहरि खतिवडाले कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को आदर्शलाई नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरको बाडागाउँस्थित आश्रममा पुगेर खतिवडाले किशुनजीको शालिकमा माल्याण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले खतिवडाले भने, ‘नेपालको राजनीतिमा किशुनजी यस्तो पात्र हो, जो आफू हारेर पनि देशलाई बचाउनुभयो ।’
‘किशुनजीको नाममा सम्पत्ति भन्ने केही थिएन । सन्तान भन्ने केही थिएन’, उनले भने, ‘किशुनजीको पार्टी नै परिवार थियो ।’
खतिवडाले भने, ‘अहिले नेताहरूले परिवारलाई पार्टी सम्झिने पद्धतिको विकास भएको छ ।’
‘किशुनजी दुई पटक प्रधानमन्त्री बन्नुभयो । एउटा सुराही, छाता र कन्तुर लिएर फर्किएर बस्नुभयो’, कांग्रेस नेता खतिवडाले भने, ‘आफू हारेर देश र संविधान बनाउनुभयो, २०४८ सालमा । पार्टीलाई पहिलो बनाउनाउन उहाँले ०५६ र ०४८ को निर्वाचनमा ठूलो भूमिका खेल्नुभयो ।’
खतिवडाले भने, ‘यस्तो नेता संविधान निर्माण भइसकेपछि देश विभिन्न बाटोमा गएको बेलामा यस्ता नेताको आवश्यक्ता छभन्ने मलाई महशुस लाग्यो । र, मेरो एउटा आदर्श कृष्णप्रसाद भट्टराई हो । जोसँग म बढे, हुर्किएँ, जसको आदर्शमा मैले राजनीति गरेँ । उहाँको शिक्षाको प्रेरणाले राजनीति गरेँ ।’
‘किशुनजी जीवित हुनुहुन्न । उहाँको आश्रयस्थल बाडेगाउँमा आएर शालिकमा माला चढाएर मेरो राजनीतिक गुरुप्रति सम्मान व्यक्त गरेको हुँ’, खतिवडाले भने, ‘सबैले एउटा सिक्नुपर्ने कुरा के हो भने मभन्दा मेरो देश प्यारो हो भन्ने कुरा सिक्नुपर्छ । उहाँ राष्ट्रवादी, निष्कलंक, सबैलाई समायोजन गर्न सक्ने नेता हुनुहुन्थ्यो ।’
‘पार्टीभित्र पनि उहाँ अपमानित भएर पार्टीलाई सधैँ एकढिक्का बनाएर लैजानुभयो’, उनले भने, ‘गुटको राजनीतिलाई धेरै विश्वास गर्नुभएन । जित्नेवित्तिकै आदर्श पुरुषलाई सम्झिएर म बाडेगाउँमा पहिला आएको हुँ ।’
ओखलढुंगाबाट प्रतिनिधि सभामा निर्वाचित भएपछि कांग्रेस नेता खतिवडा काठमाडौं आउनेवित्तिकै किशुनजीप्रति सम्मान प्रकट गरेका छन् ।
किशुनजीको शालिकमा माल्यार्णपण गर्न कांग्रेसका युवा नेता नवीन राईसहितका नेताहरू गएका थिए । खतिवडालाई आश्रमकी संरक्षक अमिता कपालीले स्वागत गरेकी थिइन् ।




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया