कांग्रेसका ‘कान्छाराम’ले बाजी मारे, एमालेसँग यसरी लिए बदला
काठमाडौं । नेपाली कांग्रेसका रामेछापका सभापति पूर्णबहादुर तमाङ्ग ‘कान्छाराम’ प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
५७ वर्षीय तामाङ ४७,०९९ मतसहित निर्वाचित भएका हुन् । तामाङसँग एमालेका ६२ वर्षीय कैलाशप्रसाद ढुंगेल ३०,७३० मतसहित पराजित भएका छन् ।
कांग्रेसका तामाङले आफ्ना प्रतिद्वन्द्वी एमालेका ढुंगेललाई १६३६९ मतको अन्तरले पराजित गरेका हुन् ।
यसैबीच, लालबहादुर घिसिङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४८४, समीक्षा श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) १४५७, मोहन कार्की (नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी) ८५८ मतसहित पराजित भएका छन् ।
रामकुमार लामा (स्वतन्त्र) ४२५, भक्तबहादुर थापा मगर (मंगोल नेशनल अर्गनाइजेसन) ३०६, देवशंकर पौडेल (नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) २९४, बाबुराम तामाङ (नेपाली जनता दल) २३५ मतसहित पराजित भएका छन् ।
सुवास घिसिङ (नेश्नलिष्ट पिपल्स पार्टी) २१०, केदार खड्का (नेपाली कांग्रेस वीपी) १९५, जितेनकुमार श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) १३८ मतसहित पराजित भएका छन् ।
धरमबहादुर तामाङ (नागरिक उन्मुक्ति पार्टी) १०७, रमेश महते (नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी) १०४, रुद्रबहादुर पुलामी मगर (राष्ट्रिय समाजवादी पार्टी नेपाल) ६०, हरिकृष्ण श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी)
४७, साङगे शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) ४२, कृष्णबहादुर भुजेल (स्वतन्त्र) ३१ मतसहित पराजित भएका छन् ।
विष्णुप्रसाद काफ्ले (जनसमाजवादी पार्टी नेपाल) २७, बिक्रम राना (स्वतन्त्र) २७, आङछोङबा शेर्पा (स्वतन्त्र) १३, चन्द्रबहादुर राउत (स्वतन्त्र) १० मतसहित पराजित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया