नारायणकाजीका शक्तिशाली दाहिने हात पराजित

काठमाडौं । माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

महोत्तरी १ बाट प्रतिनिधि सभामा माओवादीका ६५ वर्षीय पोखरेल आफ्ना प्रतिद्वन्द्वी एमालेका ५८ वर्षीय लक्ष्मी कोइरी महतोसँग १०३० मतको अन्तरबाट पराजित भएका हुन् ।

एमालेका कोइरीले २३,४०२ मतसहित जित हातपारेको निर्वाचन आयोगले जनाएको छ ।

माओवादीका नेता पोखरेलले २२,३७२ मतसहित पराजित भएका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिने पोखरेल पटक–पटक मन्त्री बनेर धेरै अवसर लिने नेतामा पर्छन् । प्रतिनिधि सभामा पराजित भएपछि पोखरेलका अवसरहरू गुमेका छन् ।

यसैगरी पोषणबहादुर थापा (स्वतन्त्र) ७८१२, राजकिशोर साह (जनमत पार्टी) ३५९८, खे कुमारी भुर्तेल (राष्ट्रिय स्वतन्त्र पार्टी) २०६४, पूजा घिमिरे (राष्ट्रिय प्रजातन्त्र पार्टी) ९७४ मतसहित पराजित भएका छन् ।

मनुप्रसाद अधिकारी (नेपाली कांग्रेस वीपी) ६३७, जयकुमार साह (स्वतन्त्र) २७५, गनेशबहादुर आले (राष्ट्रिय जनमुक्ति पार्टी) २२६, सजीव साह सोनार (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) १७९, गोपालबहादुर कार्की (स्वतन्त्र) ६४ मतसहित पराजित भएका छन् ।

केशवकुमार पोखरेल (स्वतन्त्र) ३९, मनोजकुमार महतो (स्वतन्त्र) ३८, रामप्रगास महतो (स्वतन्त्र) ३७, शिवबहादुर खड्का (स्वतन्त्र) २१ मतसहित पराजित भएका छन् ।

Published : Sunday, 2022 November 27, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया