नागरिक्ता काण्डमा मुछिने गरेका राजेन्द्र महतो पराजित
काठमाडौं । पूर्वमन्त्री महिन्द्र राय यादव सर्लाही २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
शनिबार सार्वजनिक भएको निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार ८५ वर्षीय यादव २०११ मतसहित निर्वाचित भएका हुन् ।
पूर्वमन्त्री यादवले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न माओवादी केन्द्रको एकल चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका थिए ।
पूर्वमन्त्री यादवले २३५२९ मतसहित शानदार जित हासिल गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार ६३ वर्षीय राजेन्द्र महतो २१५१८ मतसहित पराजित भएका छन् ।
महतो २०७४ को निर्वाचनमा धनुषाबाट उम्मेदवार बनेर निर्वाचित बनेका थिए ।
नेता महतो बेलाबेला नागरिक्ता काण्डमा पर्ने गरेका छन् । महतोको नागरिकतालाई लिएर विभिन्न प्रश्न उठ्दै आएका छन् ।
यस पटक महतो आफ्नै गृहजिल्ला सर्लाहीमा पराजित भएका छन् ।
त्यसैगरी, राज नारायण साह (एमाले) १४८१९, नरेशप्रसाद कुशवाहा (जनमत पार्टी) ६५५४, मोस्तकिम अंसारी (नेपाल संघीय समाजवादी पार्टी) १०६४, वीरवंश वैठा (हाम्रो नेपाली पार्टी) ९०६ मतसहित पराजित भएका छन् ।
विकेश महतो (राष्ट्रिय प्रजातन्त्र पार्टी) ६७६, जयकरण महतो (राष्ट्रिय स्वतन्त्र पार्टी) ५६९, मोहम्मद मनसरीफ अंसारी (बहुजन एकता पार्टी नेपाल) ४१२, सतिशकुमार चौधरी (स्वतन्त्र) ११३, राजकिशोर राय यादव (स्वतन्त्र) ७८, रामनाथ साह (स्वतन्त्र) ५६, सुशीला कुमारी (स्वतन्त्र) ४५, कामिल मियाँ मुकेरी (स्वतन्त्र) ४४ मतसहित पराजित भएका छन् ।
मनोजकुमार साह (स्वतन्त्र) ३४, राजनारायण राय यादव (स्वतन्त्र) ३२, श्रवण साह (स्वतन्त्र) २० मतसहित पराजित भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया