कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको जित सुनिश्चित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश सभाका उम्मेदवार बहादुरसिंह लामा आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजारभन्दा धेरै मतले अगाडि रहेका छन् ।

नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २ बाट उम्मेदवारी दिएका कांग्रेस नेता लामाको जित सुनिश्चित सरह छ ।

निर्वाचन आयोगको शुक्रबार बेलुकाको पछिल्लो मतपरिणामअनुसार कांग्रेसका लामाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमालेका विजयसिंह लामा तामाङ ५ हजार १ सय ९४ मतले पछाडि पारेका छन् । अब करीव ५/६ हजार मत गणना हुन बाँकी छ ।

कांग्रेसका उम्मेदवार लामाले ११४४९ मतसहित अग्रता लिएका छन् । एमालेका विजयसिंहले ६२५५ मतसहित पच्छाइरहेका छन् ।

Published : Friday, 2022 November 25, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया