कांग्रेसका शक्तिशाली नेता ‘मुन्ना’ पराजित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ पराजित भएका छन् ।

निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम नतिजाअनुसार कँडेले नवलपरासी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका हुन् ।

कांग्रेसका उम्मेदवार कँडेललाई राप्रपाका उम्मेदवार ७३ वर्षीय धुब्रबहादुर प्रधानले पराजित गरेका छन् । प्रधानले ३४७६४ मतसहित जित हातपारेका हुन् ।

कांग्रेसका ६५ वर्षीय कँडेल १९५९४ मतसहित पराजित भएका हुन् ।

दीपेन्द्रकुमार अधिकारीले (एमाले) १४५०२, मदनलाल पौडेलले (राष्ट्रिय स्वतन्त्र पार्टी) ५५३१, बालगोविन्द चौधरीले (जनमत पार्टी) ४६१२, चन्द्रिकादेवी चौधरीले (नागरिक उन्मुक्ति पार्टी) १८४८ मत पाएका छन् ।

मोहम्मद रज्जाक मियाले (स्वतन्त्र) ६७४, धर्मेन्द्र गिरीले (स्वतन्त्र) ४२६, दिनमायाँ गुरुङ्गले (मंगोल नेशनल अर्गनाइजेसन)ले ३८३ मत पाएका छन् ।

कलावती पुनले (राष्ट्रिय जनमुक्ति पार्टी) २१९, विजयकुमार अग्रहरीले (स्वतन्त्र) १६८, श्यामबहादुर दर्जीले (स्वतन्त्र) १५५, जितेन्द्र गुप्ताले (बहुजन शक्ति पार्टी) ९४, विन्दुकुमारी थारुले (नेपाल मजदुर किसान पार्टी) ४९, चित्रप्रसाद सुनारले (स्वतन्त्र) ४२, मकसद धुनियाले (स्वतन्त्र) २५, ज्योतिन्द्रबहादुर कुँवरले (स्वतन्त्र) २३, संजयकुमार कानुले (स्वतन्त्र) १३ मत पाएका छन् ।

Published : Friday, 2022 November 25, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया