दाङ २ बाट रेखा निर्वाचित, शंकर पोखरेलको लज्जास्पद हार, एमालेको अहँकार भत्कियो

काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवम् उम्मेदवार रेखा शर्माले दाङ क्षेत्र नम्बर २ मा निर्वाचित भएकी छिन् ।

बिहीबार बिहान साढे दश बजे आएको अनौपचारिक पछिल्लो नतिजाअनुसार रेखाले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।

माओवादीकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छिन् । एमालेका महासचिव पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । शर्माले पोखरललाई १९६ मतले पराजित गरेकी छिन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

Published : Thursday, 2022 November 24, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया