सुदूरपश्चिम प्रदेशका सभापति बलायर विजयी, एमालेका सचिव पराजित

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।

बुधबार राति सार्वजनिक भएको अन्तिम नतिजामा बलायर कैलाली ४ बाट प्रतिनिधि सभामा विजयी भएको कांग्रेसले जनाएको छ ।

सभापति बलायरले आफ्ना प्रतिद्वन्द्वीलाई ३ हजार ५८४ मतको अन्तरले पराजित गरेका छन् ।

बलायरले प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गरेर विजयी भएका छन् ।

एमालेका सचिव भट्टले २२ हजार ५८७ मतसहित पराजित भएका छन् ।

Published : Wednesday, 2022 November 23, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया