काभ्रेमा एमालेका गोकुल बास्कोटाले कमाल गरे

काठमाडौं । एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं. २ मा अग्रता बढाएका छन् ।

बुधबार रातिदेखि बाँस्कोटाले अग्रता बढाएका हुन् । बास्कोटाले २ सय ४३ मतले अग्रता लिएका छन् ।

बास्कोटासँग नेपाली कांग्रेसका शिवप्रसाद हुमागाइँ पछि परेका छन् ।

हालसम्मको प्राप्त मत परिणामा अनुसार बास्कोटाले १७ हजार ३१ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार हुमागाइँले १६ हजार ७ सय ८८ मत पाएका छन् ।

पनौती नगरपालिकाको वडा नं. ३ मा भारी मत पाएसँगै एमालेका उम्मेदवार बास्कोटाले अग्रता लिएका हुन् ।

वडा नं. ३ मा खसेको कुल मतमध्ये बास्कोटाले १४ सय १८ मत पाएका छन् ।

कांग्रेसका हुमागाइँले ५ सय ८९ मत पाएका छन् ।

Published : Wednesday, 2022 November 23, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया