यी हुन् कांग्रेसबाट अहिलेसम्म जितेका नेताहरू, माओवादीले अझै खाता खोल्न सकेन
काठमाडौं । नेपाली कांग्रेसबाट बुधबार बिहानसम्म १३ जनाले प्रतिनिधि सभातर्फ जित हासिल गरेका छन् ।
कांग्रेसका ४१ जना उम्मेदवारहरूले अग्रता लिएका छन् ।
ललितपुर १ बाट उदयशम्शेर राणा, काठमाडौं ५ बाट प्रदीप पौडेल, मुस्ताङबाट योगेश गौचन थकाली, मनाङबाट टेकबहादुर गुरुङ, रसुवाबाट मोहन आचार्य विजयी भएका छन् ।
काठमाडौं ४ बाट गगनकुमार थापा, काठमाडौं १० बाट राजेन्द्रकुमार केसी, सुर्खेत २ बाट हृदयराम थानी, तनहुँ २ बाट शंकर भण्डारी, डडेल्धुराबाट शेरबहादुर देउवा विजयी भएका छन् ।
काठमाडौं १ बाट प्रकाशमान सिंह, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौं ३ बाट सन्तोष चालिसे विजयी भएका छन् ।
एमालेले ३ सिटमा जित हातपारेको छ । एमालेका उम्मेदवारहरू ४२ स्थानमा अगाडि छन् ।
काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी र ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हातपारेको छ । काठमाडौं ७ बाट गणश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं २ मा सोविता गौतम निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा अग्रता लिएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले अछाम १ मा खाता खोलेको छ । शेरबहादुर कुँवर निर्वाचित भएका छन् । एकीकृत समाजवादी ६ स्थानमा अगाडि छ ।
माओवादी केन्द्रले अझैसम्म खाता खोल्न सकेको छैन । माओवादी १७ स्थानमा अगाडि छ ।
राप्रपाले पनि खाता खालेको छ । बाँके २ मा राप्रपाका उम्मेदवार धवलशम्शेर जंगबहादुर राणा निर्वाचित भएका छन् । राप्रपा ४ स्थानमा अगाडि छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ । उन्मुक्तिका गंगाराम चौधरीले कैलाली ३ मा जित हातपारेका छन् । उन्मुक्तिका ३ जना अग्राडि छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया