कांग्रेसका मोहन आचार्यले रवि लामिछानेका उम्मेदवारको जमानत जफत गरिदिए

रसुवा । रसुवामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य झण्डै दोब्बर मतसहित निर्वाचित भएका छन् ।

मंगलबार राति सार्वजनिक भएको नतिजाअनुसार आचार्यले एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् ।

कांग्रेसका उम्मेदवार आचार्यले १८ हजार २३५ मत ल्याएर विजयी भएका छन् ।

एमालेका तामाङले जम्मा ८ हजार ६१४ मत पाएका छन् ।

रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १६५ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

प्रतिनिधि सभातर्फ निर्वाचत कांग्रेसका आचार्यले साना दलका सबै उम्मेदवारहरूको जमानत जफत गरिदिएका छन् ।

Published : Tuesday, 2022 November 22, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया