के छ प्यूठानमा रोज राणाको अवस्था ? यस्तो छ प्रारम्भीक परिणाम

काठमाडौं । प्यूठानको प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार रोज राणा पछाडि परेका छन् ।

मंगलबार दिउँसो ३ बजेको प्रारम्भीक नतिजाअनुसार राणाले १७६३ मत पाएका छन् ।

एमालेका उम्मेदवार हरि रिजालले १९८५ मतसहित अग्रता लिएका छन् ।

एमालेको लालकिल्ला मानिने नौबहिनी गाउँपालिका– २ को १४१० मतमध्ये रूखमा राणाले ६५३ मत पाएका छन् ।

एमालेका रिजालले सूर्यमा ६१४ मत पाएका छन् ।

हलोले ४९, भालेले २२ लालटिनले ४ मत पाएका छन् । ५२ मत बदर भएको छ ।

Published : Tuesday, 2022 November 22, 4:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया