कांग्रेस नेता सिंहले काठमाडौंमा खाता खोलिदिए, प्रतिस्पर्धीहरू चकित
काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चौथो पटक जित हासिल गरेर ईतिहाँस बनाएका छन् ।
मंगलबार बिहान काठमाडौं १ का मतदाताले सिंहलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएका छन् ।
कांग्रेस नेता सिंहलाई हराउन व्यक्तिगत दुश्मनी सरह विपक्षी दल र स्वतन्त्रहरू लागेका थिए । तर, मतदाताले सिंहलाई सांसदमा जिताइदिएका छन् ।
सिंहले राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरेका छन् ।
सिंहले ७ हजार १४३ मत ल्याएका थिएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाएका छन् ।
यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
रविन्द्र मिश्रसहितका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाएका छन् ।
२०४८ मा काठमाडौं–४ मा र २०५१ मा काठमाडौं–३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताएका थिए ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं १ मा आएर जितेपछि निरन्तर चौथो विजय हात पारेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया