कांग्रेसका यी ३६ उम्मेदवारहरू अगाडि, क–कसको नाम छ ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ३६ स्थानमा अग्रता कायम राखेको छ ।

कांग्रेसले दुई जिल्लामा जित हात पारेको छ । मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङले प्रतिनिधि सभातर्फ जितेका छन् ।

प्रदेश सभातर्फ कांग्रेसले तीन वटा क्षेत्रमा जित हात पारेको छ । मुस्ताङमा दुई वटा र मनाङमा एउटा क्षेत्रमा जितेको छ ।

सोमबार राति साढे १० बजेसम्म अग्रता कायम राख्नेमा प्रदीप पौडेल काठमाडौं ५, दीपक गिरी दाङ ३, दुर्लभ थापा भक्तपुर २, डम्बरबहादुर खड्का ईलाम २, विष्णुकुमार कार्की नवलपुर २, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रामनाथ अधिकारी धादिङ २ रहेका छन् ।

रमेश लेखक कञ्चनपुर ३, सञ्जयकुमार गौतम बर्दिया १, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, देवप्रसाद तिमिल्सिना रौतहट ४, विनोकुमार चौधरी नवलपरासी १, अर्जुन नरसिंह केसी नुवाकोट २, डा.नारायण खड्का उदयपुर १, बालकृष्ण खाण रुपन्देही ३, किशोरदत्त बराल कास्की १, राजेन्द्रकुमार केसी काठमाडौं १०, भरतकुमार शाह रुपन्देही ५ ले अग्रता कायम राखेका छन् ।

अग्रता कायम राख्नेमा हृदयराम थानी सुर्खेत २, सन्तोष चालिसे काठमाडौं ३, दिनेकशुमार यादव सप्तरी ३, शंकर भण्डारी तनहुँ २, अजयकुमार चौरसिया पर्सा २, सुरेन्द्रराज आचार्य कपिलवस्तु २, राजु थापा स्याङजा १, तेजुलाल चौधरी सप्तरी ४, पुष्पबहादुर शाह अछाम २, अभिषेकप्रताप शाह कपिलवस्त ३ रहेका छन् ।

रमेश रिजाल पर्सा ४, शेखर कोइराला मोरङ ६, महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर १, विश्वप्रकाश शर्मा झापा १, शेरबहादुर देउवा डडेल्धुरा, रामचन्द्र पौडेल तनहुँ १, गगनकुमार थापा काठमाडौं ४ मा कांग्रेसका उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।

Published : Monday, 2022 November 21, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया