मतदान सम्पन्न भएको २० घण्टाभित्रै कांग्रेसले शानदार रुपमा खाता खोल्यो
काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट प्रतिनिधि सभा र प्रदेश सभातर्फ शानदार जित निकालेर खाता खोलेको छ ।
कांग्रेसका तीन जना युवाहरूले पूरै जिल्लाका क्लिन स्वीप गरेका छन् ।
प्रतिनिधि सभाको सदस्यतर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । थकालीले ३ हजार ९९२ मत पाएर विजयी भएका हुन् ।
प्रतिनिधि सभातर्फ शानदार जित हात पारेका थकाली पूर्वमन्त्री एवम् कांग्रेस नेता रोमी गौचन थाकालीका छोरा हुन् ।
कांग्रेसका युवा नेता थकालीले एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मतको अन्तरले हराएका छन् । तुलाचनले ३०७८ मत पाएर पराजित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाएका थिए । राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाएका छन् ।
मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।
प्रदेश सभा १ मा नम्डु गुरुङ र प्रदेश सभा २ मा विकल शेरचन विजयी भएका छन् ।
गुरूङले एमालेका ईन्द्रधारा विष्टलाई पराजित गरेका छन् । शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।
गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।
शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया