मौनअवधिमा काठमाडौंमा एमालेले औकात देखायो, ईश्वर पोखरेललाई तनाब
काठमाडौं । मौनअवधमिा एमालेका प्रदेश सभातर्फका उम्मेदवार दीपक निरौलासहितका नेताहरुलाई पैसा बाँडेको आरोपमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
काठमाडौंको क्षेत्र नं. ५ मा स्थानीयवासीले पैसा बाँडिरहेको खबर गरेपछि बुढानीलकण्ठ– ६ बाट एमालेका प्रदेश उम्मेदवार दीपक निरौला, नगर कमिटी अध्यक्ष प्रदीप डंगोल र वडाध्यक्ष रवि खड्का प्रहरी नियन्त्रणमा लिएको हो ।
काठमाडौं क्षेत्र नं. ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । पोखरेललाई मन्त्री भएका बेला पानीट्यांकीमा पैसा लुकाएको आरोप लागेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनकै निर्वाचन क्षेत्रमा स्थानीयले पैसा बाँडेको आरोपमा नियन्त्रणमा लिएर प्रदेश सभाका उम्मेदवारलाई प्रहरी समक्ष बुझाएका छन् ।
मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं ५ (२)का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले करिब पाँच घन्टा नियन्त्रणमा लिएको छ ।
उनीसँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो ।
स्थानीयबासीले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो ।
नियन्त्रणमा लिइएको तीनैजनालाई प्रहरीले मध्यराति छाडिएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का सदस्यसचिव कमल भट्टराईले उम्मेदवार निरौलासहितका केही व्यक्ति पैसासहित समातिएको र प्रहरीले नियन्त्रणमा लिएको सूचना आयोगमा आएको बताएका छन् ।
स्थानीय र कांग्रेस कार्यकर्ताले निरौलासहित पैसा बाँड्ने कार्यमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै शुक्रबार मध्यरातिसम्म महाराजगन्ज प्रहरी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।
एमाले काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले साँझ विज्ञप्ति जारी गर्दै छिमेकी र पार्टीका शुभेच्छुकसमेत रहेका क्यान्सरका बिरामी लामाको स्वास्थ्य अवस्था बुझ्न जाँदा राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने तथा पैसा बाँडेको भनेर बदनाम गराउने कार्य गरिएको जनाएको छ ।
‘पार्टी शुभेच्छुकसमेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौँ । साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौँ’, निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेको बुढानीलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले बिरामी भेट्न गएका आफ्ना उम्मेदवारबारे विनाप्रमाण पैसा बाँडेको हल्ला गरेर घटनालाई अतिरञ्जित गरिएको बताए ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २१ मा नगद वा जिन्सी दिन वा लिन नहुने व्यवस्था गरिएको छ ।
उपदफा (१) मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन नहुने उल्लेख छ ।
यस्तो कार्य गरिए कसुर गर्ने व्यक्तिलाई ५० हजार रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था उपदफा २ मा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया