कांग्रेस नेता योगेन्द्रले दाङको राप्ती-३ मा बिग्रिएको गठबन्धनको कुरा मिलाए

मसुरिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका समानुपातिकतर्फका उम्मेदवार योगेन्द्र चौधरीले गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

दाङको राप्ती गाउँपालिकाको वडा नं. ३ को मसुरियामा बिहीबार कांग्रेसका स्थानीय नेताहरुसँग कुरा गर्दै चौधरीले गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले कांग्रेसका कारण दाङ क्षेत्र नं. १ मा सत्तागठबन्धनले हार्न नहुने बताए ।

केन्द्रका नीति र निर्देशानुसार सत्तागठबन्धनका उम्मेदजारहरुलाई जसरी पनि जिताउनुपर्ने बताएका चौधरीले प्रत्यक्षमा प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका मेटमणि चौधरी र प्रदेश सभातर्फ माओवादी केन्द्रका ईन्द्रजित चौधरीलाई मतदान गरेर जिताउन आग्रह गरे ।

वडा नं. ३ का वडाध्यक्ष एवम् कांग्रेसका युवा नेता उमेश अधिकारीले संविधान र लोकतन्त्र रक्षाका लागि सत्तागठबन्धनले जित्नुपर्ने पर्ने आफ्नो शुभकामना रहेको बताए ।

भेटघाट तथा छलफलमा दाङ क्षेत्र नं. १ को प्रदेश सभातर्फ १ का सभापति श्रीपत चौधरी, कांग्रेसका नेता प्रदीप शर्मा, राप्ती गाउँपालिका वडा नं. ३ का सभापति श्रीधर खत्रीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 November 17, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया