एमालेबाट जितेका मेयरको बबण्डर चर्तिकला, पद चैट हुने सम्भावना
गरुडा । रौतहटको गरुडा नगरपालिकाका वहालवाला मेयर कन्तमणि जयसवाल एमाले पार्टीका तर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।
उनी एमालेका रौतहट ४(२) को क्षेत्रीय सह–इन्चार्ज पनि बनाइएका थिए ।
भर्खरै मेयरको चुनाव जितेका जयसवाललाई छोरा रवि जयसवाललाई प्रदेश सभा सदस्य बनाउन मन लाग्यो । उनी एमालेमै छोरा रविको टिकटको लागि लबिङ गर्न थाले । उता एमाले र जसपाको गठबन्धन भयो । जयसवालले लिन खोजेको रौतहट ४(२) क्षेत्र जसपाको भागमा परेको छ ।
एमालेको भागमा उक्त क्षेत्र नपरेपछि उनले छोरा रवि जयसवाललाई स्वतन्त्र उम्मेदवारी दिलाउन लगाए । उनी प्रभु साहले चलाएको स्वतन्त्र जिताउ अभियानमा लागे ।
मेयर जयसवाल अहिले राति राति गरुडा नगरपालिकाकै गाडीमा सवार भई आफ्नो छोराका लागि जीप चुनाव चिन्हका लागि मत माग्ने गरेको कुराले एमाले–जसपाका कार्यकर्ताबीच विवाद हुन थालेको छ । मेयरलाई मत माग्न निर्वाचन आचारसंहिताले रोकेको छ ।
एमालेले रौतहट ४ मा प्रतिनिधि सभामा उठाएका उम्मेदवार उद्धभ रेग्मीमाथि प्रत्यक्ष असर पर्न थाल्यो ।
मेयर जयसवालमाथि एमाले मधेश प्रदेश कमिटीले कारवाही नगरी नहुने बाध्यात्मक स्थिति निर्माणपछि मेयर कन्थमणि जयसवाललाई कार्वाही सिफारिसका लागि एमालेले प्रक्रिया अघि बढाएको छ ।
एमाले मेयर जयसवालको पार्टी विपरीतको सन्दिग्ध गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यता राज्यको स्रोत साधनको दुरुपयोग गरिरहेका नगरप्रमुखको गाडी र नगरपालिकाको कर्मचारी दुरुपयोगप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकृष्ट भएको छ ।
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र एमाले दुवैतिरबाट कारबाहीमा पर्नसक्ने खतरा बढेर गएको छ ।
एमालेले पार्टीको चुनाव चिन्ह लिएर विजयी भएका गरुडा नगरपालिकाका मेयर कण्ठमणि जयसवालमाथि कारबाही गर्ने तयारी गरिरहेको बुझिएको छ । एमालेले गरुडाका नगरप्रमुख कण्ठमणि जयसवालमाथि पार्टी विपरीत गतिविधि गरेकोमा कारबाही अगाडि बढाउँदा उनको नगरप्रमुख पद गुम्ने निश्चित बनेको छ ।
अख्तियारले समेत उनलाई निलम्बन गर्नेसक्ने सम्भावना बढेको छ । गरुडाका नगरप्रमुख कण्ठमणि जयसवालको पद जादाको अवस्थामा नेपाली कांग्रेसबाट निर्वाचित गरुडाकी उपप्रमुख पूनम चौधरी मेयरको पुनःनिर्वाचन नहुन्जेलसम्ममा स्वतः कार्यवाहक नगरप्रमुख बन्नेछिन् ।
छोरा रविले प्रदेश सभा निर्वाचनमा निकै कमजोर प्रदर्शन गरिरहेका बेला प्रदेश सभा सदस्यको पद नपाउने निश्चितप्राय भएको छभने उता हुँदाखादाको मेयरको पद समेत गुम्ने देखिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया