प्याकेजको कार्यक्रम ल्याएर तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउँछु : कांग्रेस नेता दीपक गिरी
तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभातर्फका उम्मेदवार दीपक गिरीले तुलसीपुर उपमहानगरपालिकाको विकासको प्याकेजमा कार्यक्रम ल्याउने बताएका छन् ।
सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँमा घरदैलो तथा भेटघाट कार्यक्रममा गिरीले तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले खानेपानी हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले सबै ठाउँमा खानेपानीको व्यवस्था गर्ने र टरिगाउँ एयरपोर्टलाई एैतिहासिक एयरपोर्ट भएकाले पहिलो प्राथमिकतामा राखेर स्तरोउन्नति गर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका नेता गिरीले संविधानको रक्षा, मुलुकको समृद्धि, केपी ओलीको अतिवादलाई अन्त्य गर्न लोकतान्त्रिक वाम गठबन्धन अहिलेको आवश्यकता रहेको बताए ।
दाङ क्षेत्र नं. ३ (१) का प्रदेश सभातर्फका उम्मेदवार एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीले रानागाउँको बस्ती भविष्यमा सुन्दर बस्ती बन्नेमा आफू विस्वत रहेको बताएका छन ।
उनले भने, ‘शहरदेखि थोरै टाढा भएपनि रानागाउँको हावापानी शुद्ध छ । भविष्यमा सबैभन्दा ठूलो भीआइपी एरिया बन्न सक्ने भएकोले अहिलेदेखि नै योजना बनाएर सडक चौडा, बिजुली बत्तीका नांगा पोलहरुलाई व्यवस्थित बनाउन जरुरी छ ।’
‘जहाँ सुन्दर बस्ती बनाउँछौँ त्यहाँका कृषकहरु विस्थापित भैरहेका हुन्छन तपाईहरु त्यसो नगनुहोला’, उनले भनेका छन् ।
नेता चौधरीले गएको निर्वाचनमा राप्ती अञ्चलमै कांग्रेसले धेरै हार व्यहोर्नु परेको भन्दै यस पटक निर्वाचनमा कोही पनि भ्रममा नपरी गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन अपील गरेका छन् ।
यसैबीच, बबई गाउँपालिकाको सोनपुर, कालचार, शान्तिनगरको भैंसा, तुलसीपुर ७ का विभिन्न टोलहरुमा भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया