विमानस्थलभित्र यात्रु चुस्दै विवादास्पद व्यापारी श्रेष्ठ, हजारौं पटक पनि गुनासो सुनिएन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको विवादास्पद व्यापारी सुवास श्रेष्ठको कफी पसलको महँगाइका कारण यात्रुहरू आजित बनेका छन् ।
‘टि कफी एण्ड कन्फेक्सनरी सप’को नाममा अन्तर्राष्ट्रिय उडानतर्फ रहेको सो पसलमा श्रेष्ठले अत्याधिक महँगोमा सामानहरू बिक्री गर्ने गरेको आरोप छ ।
विगत १५/१६ वर्षदेखि अदालतको आदेशका भरमा एकलौटी रुपमा पसलका लागि कोठा कब्जा गरेका श्रेष्ठले महँगामो समानहरू बेच्दै आएका छन् ।
यो पसलको भाडा श्रेष्ठले कौडीको भाउमा तिर्ने गरेको आरोप छ । सरोकारवाला निकायले टेण्डर निकालेर पसल सञ्चालन गर्न दिने होभने भाडा पनि धेरै आउने र यात्रुले पनि सस्तोमा सामानहरू पाउने यात्रुहरूको भनाइ छ ।
श्रेष्ठको यो पसलका विषयमा हजारौं पटक उजुरी र गुनासाहरू आइसकेका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कानमा तेल हालेर बसेको छ ।
व्यापारी श्रेष्ठ डलर तस्करी काण्डमा समेत पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनको धन्दाका बारेमा सुरक्षा निकायलाई राम्रोसँग जानकारी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ पनि श्रेष्ठको पसल छ । त्यहाँ पनि उनले महँगोमा सामान बेच्ने गरेको गुनासो छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया