चित्रबहादुर केसीले एमालेलाई ‘प्रतिगमी’भन्दै नाङ्ग्याइदिए
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वमन्त्री चित्रबहादुर केसीले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
सोमबार बागलुङमा आयोजित चुनावी सभामा केसीले पटक–पटक संसद भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् ।
केसीले बागलुङ–१ मा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।
अध्यक्ष केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए ।
मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने अध्यक्ष केसीले बताएका छन् । उनले एमालेलाई प्रतिगामी भनेका छन् ।
केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने बताएका अध्यक्ष केसीले भने, ‘एमाले र केपी ओलीका कारण राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनुपर्छ ।’
‘एमालेलाई अब भोट माग्ने अधिकार छैन’, उनले भने, ‘केपीले नैतिक अधिकार गुमाइसके, पटक–पटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन् ।’
उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मंसिर ४ गतेपछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ । नेपाली जनताले ओलीलाई चिनिसके ।’
उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए ।
प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीले बताएका छन् ।
अध्यक्ष केसीले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।
जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै उनले राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया