सिन्धुपाल्चोक-२ मा रोक्नै नसक्ने गरी मोहन बस्नेतको जादु चल्यो, युवराज-कृष्णलाई पनि भव्य स्वागत
मेलम्ची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सिन्धुपाचोक–२ का उम्मेदवार मोहनबहादुर बस्नेत र प्रदेश सभातर्फका उम्मेदवारद्वय युवराज दुलाल तथा कृष्णकुमार तामाङ ‘समिर’लाई मतदाताहरूले अपार माया दिएका छन् ।
दैनिक सरह भएका चुनावी कार्यक्रम र घरदैलो कार्यक्रमहरूमा सयौं मतदाताहरू सडकमा उत्रिएर स्वागत गर्ने गरेका छन् ।
शिखरपुर, कटुन्जेलगायतका स्थानमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदाताले भव्य स्वागत गरेका हुन् । मतदाताहरूको माया र न्यानो स्वागत पाएपछि प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार नेता बस्नेत, प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता युवराज दुलाल र २ मा कांग्रेसका नेता तामाङ निकै उत्साहित भएका छन् ।
मतदाताहरू स्वस्फूर्त रुपमा सडकमा आएर सत्तागठबन्धनका उम्मेदवारहरूलाई स्वागत गर्ने गरेका छन् । उम्मेदवारहरूलाई मतदाताले फूलको माला लगाइदिएर स्वागत गर्ने गरेका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएपछि मतदाताहरूमा खुसीयाली छाएको छ ।
नेता बस्नेत, दुलाल र तामाङको जोडीले सिन्धुपाल्चोकका विकास अझै तीब्र रुपमा हुने आशा मतदाताहरू लिएका छन् ।
एमालेका मतदाताहरू पनि सत्तागठबन्धनका उम्मेदवारहरूप्रति आकर्षित भएका छन् । उनीहरूले पनि सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउन थालेको चर्चा छ ।












बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया