ओलीको ‘नक्कली’ राष्ट्रवादको देउवाले जवाफ दिए

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्ने बताएका छन् ।

शुक्रबार डडेलधुराको अजयमेरु गाउँपालिकास्थित भद्रपुरमा आयोजित चुनावी सभामा बोल्दै देउवाले कुटनैतिक पहलमार्फत भारतसँग कुरा गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने बताए ।

देउवाले भने, ‘केपी शर्मा ओलीज्यूले दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउने होइन । अतिक्रमित भूमि फिर्ता ल्याउनका लागि के लड्न सक्नुपर्‍यो । होइन भने कूटनीति पहलबाट फिर्ता ल्याउनु प¥यो । हामी कूटनीतिक पहल गर्दै वार्तामार्फत अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्छौँ ।’

जनताले चुनेको प्रतिनिधिसभा भङ्ग गर्ने अधिकार कसैलाई नभएको प्रधानमन्त्री देउवाले बताएका छन् ।

‘पहिले त त्यो अधिकार थियो’, उनले भने, ‘ओलीजीले बदमासी गर्लान् भन्ने पूर्वानुमान गरेरै त्यो व्यवस्था हटाएका थियौँ । तर, ओलीजीले दुई पटक संसद् भङ्ग गरिदिए । हामी त्यस्तो कहिले पनि गर्दैनौँ ।’

देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको उनले बताएका छन् । ‘डडेलधुरामा पनि धेरै विकास भइसकेको छ’, उनले भने, ‘अधुरा काम पनि अबका ५ वर्षभित्रै सम्पन्न गर्ने योजना छ ।’

प्रधानमन्त्री देउवाले डडेलधुरामा विमानस्थल पनि बनाएरै छोड्ने बताएका छन् ।

उनले भने, ‘अजयमेरु गाउँपालिकाको पुइलेकमा विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । हवाईजहाज ल्याएरै छाड्ने हो । उग्रतारा–मेलौली सडक पनि कालोपत्रे भइरहेको छ ।’

सभापति देउवाले डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । उनले अब उपचारका लागि र चिकित्सा शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताएका छन् ।

देउवाले चुनाव जितेमा आफूले प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन् ।

गन्यापधुरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै देउवाले जनताले जिताएर पठाएमा मात्र आफू आगामी दिनमा प्रधानमन्त्री बन्न पाउने बताए ।

उनले भने, ‘तपाईंहरूको सहयोगले भोलिका दिनमा पनि प्रधानमन्त्री हुने मौका पाउनेछु ।’

संविधानलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता भएको पनि सभापति देउवाले बताएका छन् ।

‘संविधान च्यात्न खोज्ने ओलीजीबाट सजक हुन आवश्यक छ’, देउवाले भनेका छन् ।

उनले स्वतन्त्र न्यायपालिकाका लागि गठबन्धन लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘न्यायपालिका स्वतन्त्र हुनुपर्छ । त्यसमा गठबन्धन लागेको छ । नेपालमा स्थायित्व र स्थिरताका लागि हामी लागेका छौँ ।’

कैलाली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वभाविक दावी रहने बताउनुभएको छ । आज शनिबार प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रवक्ता महतले गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक भएको बताउनुभएको हो । प्रधानमन्त्रीको लागि गठबन्धनका दलहरुबीच खासै छलफल नभएको बताउँदै उहाँले अहिले गठबन्धनको ध्यान सिट धेरै जित्नेमा रहेको स्पष्ट पार्नुभयो ।

सबै भन्दा पहिला संसदमा बहुमत ल्याउने गरी गठबन्धन चुनावमा होमिएको उहाँले बताउनुभयो । एउटै दलले बहुमत ल्याउन कठिन भएकाले कांग्रेसले ८० भन्दा बढी सिट जित्ने दावी समेत गर्नुभयो । गठबन्धनले बहुमत ल्याउने समेत दावी गर्नुभएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै सपना बाडेको बताउनुभयो । तर ओलीले काम भने नगरेको उहाँले आरोप समेत लगाउनुभएको छ ।

रेल ल्याउने, पानी जहाज चलाउने, घरघरमा ग्याँस ल्याउने भन्दै सपना बाडेको तर काम नगरेको उहाँको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा थुप्रै विकासका कामहरू गरेको उहाँले दावी गर्नुभएको छ । आगामी सरकारले मुलुकमा स्थिरता दिने र रोजगारी सिर्जना गर्नेमा विश्वस्त रहन समेत उहाँले आग्रह गर्नुभएको छ ।

कांग्रेसले ६८ वर्षमा वृद्ध भत्ता दिएको र अब ६५ वर्षमा नै भत्ता दिने लक्ष्य रहेको उहाँको भनाइ छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री÷प्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकासका निम्ती बनेको बताउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार खाँणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताउनु भयो ।

पाँच दलीय गठबन्धनसँग जनताले ठूलो आशा र भरोसा रहेकाले नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु पर्ने बताउनु भयो ।

माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा अघि बढाइ राजतन्त्रलाई हटाउन तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उहाँले भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई निर्वाचनमा घेराबन्दी गरी पराजित गर्न स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यस बारेमा आफूले दाहाललाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा दाहाललाई गोर्खाबाट निर्वाचनमा लडाइएको बताउनु भयो ।

Published : Saturday, 2022 November 5, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया